हाम्रो बारे

गीत, संगीत, चलचित्र, नाटक, ललितकला, साहित्यका क्षेत्रमा क्रियाशील पत्रकारहरुको संस्था हो ‘संगीत कला पत्रकार संघ’ । यस संघमा १३ सदस्यीय कार्यसमिति रहेको छ ।

गीत, संगीत, कला (ललितकला, चलचित्र, नाटक, फेशन), साहित्य क्षेत्रमा सक्रिय पत्रकारहरुको पेशागत हकहित र अधिकार प्राप्तिको लागि संगठित भएर यस क्षेत्रमा सक्रिय पत्रकारका पेशागत तथा व्यवसायिक समस्या समाधानका पहल गर्ने उद्देश्यले स्थापना भएको हो ।

यस संघले गीत, साहित्य, संगीत र कलाका विषयमा अन्तरक्रिया, गोष्ठी, सेमिनार, अध्ययन अनुसन्धान गरी कला संस्कृतिको समृद्धिको लागि कार्य गर्ने उद्देश्य बोकेर कम्पनी रजिष्ट्रारको कार्यालयमा गैरनाफामूलक संस्थाअनुरुप दर्ता भएको हो ।

यस संघमा रेडियो, टेलिभिजन, छापा माध्यम, अनलाईन लगायतका संचारमाध्यममा कार्यरत पत्रकारहरु संलग्न रहेका छन् ।